दार्चुलाका १ सय ७५ मुक्त हलिया पुनस्थापित

Saturday, July 29th, 2017 at 10:34 pm By:News Missile Life & Style, Politics 449 Views

दार्चुला सम्वाददाता । दार्चुलाका १७५ जना मुक्त हलियाहरु पुनस्थापित भएका छन् । आर्थिक वर्ष २०७०/०७१ देखि सञ्चालन भएको मुक्त हलिया पुनःस्थापन कार्यक्रमले उनीहरुलाई पुनःस्थापित गराएको हो।

जिल्लामा रहेका ४५५ जना मुक्त हलिया मध्ये हालसम्म १७५ जनालाई पुनःस्थापन गरिएको जिल्ला मालपोत कार्यालय दार्चुलाका मालपोत अधिकृत अमरसिँह कुवँरले जानकारी दिए ।

आर्थिक वर्ष २०७३/०७४ मा जग्गा खरिदको लागि ७ जना, घर निर्माणतर्फ १६ जना छनौट भएका थिए भने २० जना मुक्त हलिया घर मर्मतका लागि अनुदान पाएको मालपोत कार्यालयको हलिया सम्बन्धी प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ।

दार्चुलाको साविकको १६ ओटा गाविसका ४५५ जना मुक्त हलिया मध्ये ४३१ जनाले परिचय प्राप्त गरिसकेका छन् भने २४ जना भने अझै सम्पर्कमा नआएको मालपोत अधिकृत कुवँरले बताएका छन्।

चेतनाको अभाव, कामको सिलसिलमा विदेश पलायन लगायतका समस्याले २४ जनालाई परिचय पत्र वितरण गर्न नसकिएको हो । साथै उनीहरुको खोजी कार्य भैरहेको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ।

२०७०/०७१ देखि १२ ओटा जिल्लामा सञ्चालन भएको मुक्त हलिया पुनः स्थापन कार्यक्रम ६ ओटा जिल्लामा २०७३/०७४ र दार्चुला लगायत ६ जिल्लामा चालु आर्थिक वर्ष २०७४/०७५ मा पुनःस्थापन सम्पन्न गर्ने लक्ष्य लिएको छ।

 


Related Post

उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि
अमेरिका भ्रमणको क्रममा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग प्रधानमन्त्री देउवाको भेटवार्ता
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तिब्र, २२ गतेभित्रमा नाम, थर, पद र दस्तखतको नमूना पेश गर्नु पर्ने
मतगणना जारी, भोली बेलुकीसम्ममा धेरैजसो ठाउँको अन्तिम परिणाम सार्वजनिक हुने
प्रदेश नम्बर नं. २ का जनता आफ्नो मताधिकार प्रयोग गर्दै