चैनपुर ताक्लाकोट सडक-खण्डले यती चाँडै काँचुली फेर्ला त?

Saturday, July 29th, 2017 at 8:08 pm By:News Missile Highlighted News, Tourism 497 Views

मान बहादुर बोहरा/काठमाडौ । सुदूरपश्चिमको समृद्धिको रुपमा हेरिएको सुदूरपश्चिम समृद्धिमार्ग (खुटिया–दिपायल–चैनपुर–उरैं ताक्लाकोट) सडकखण्डको पूर्ण वस्तुस्थिति अध्ययन गर्न एक टोली चाडैं तिब्बत तर्फ जाने भएको छ।

बझाङ जिल्लाका सांसद, स्थानिय पर्यटन अभियन्ता, पत्रकार र ईञ्जिनियर सहितको टोली बाटोको बस्तुस्थिति अवलोकन गर्दै तिब्बत तर्फ जाने भएको हो ।

राजधानीमा आज (शनिबार) नेपाल पर्बतारोहण संघ, साईपाल हिमाल शाखाले आयोजना गरेको सुदूरपश्चिम क्षेत्रका पर्यटकीय स्थलहरुको वृतचित्र प्रदर्शनी तथा सुदूरपश्चिम समृद्धिमार्ग कार्यान्वयनका चुनौतिहरु विषयक कार्यक्रममा बझांग जिल्लाका सांसद अफिलाल ओखेडाले चाडै उक्त मार्गको वस्तुस्थिति अध्ययन गर्न आफूहरु जान लागेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नाट्टा सुदूरपश्चिम क्षेत्रिय संघका अध्यक्ष मायाप्रकाश भट्टले उत्तर र दक्षिणका नाका खोलेर धनगढी बिमानस्थललाई अन्तराष्ट्रिय बिमानस्थल नबनाएसम्म सुदूरपश्चिमको पर्यटन मात्र होईन अन्य आर्थिक गतिविधि पनि चलायमान हुन नसक्ने बताए ।

त्यसैगरी पर्यटन अभियन्ता रमन श्रेष्ठले राज्यले सुदूरपश्चिमको पर्यटन व्यवसायलाई अगाडि बढाउनमा नीतिगत तहमा लचिलो प्रणाली अपनाउनु पर्ने बताए ।

कार्यक्रममा पर्यटन अभियन्ता तथा नेपाल पर्बतारोहण संघ, साईपाल हिमाल शाखाका सचिव किशोर खड्काले सुदूरपश्चिमको पर्यटन विकासमा स्थानीय बासिन्दा लगायत जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिकर्मी पनि सचेत हुनु पर्ने बताए ।

सुदूरपश्चिमका ९ वटै जिल्लामा तत्काल हवाई सेवाको सुरुवात गराउने पहल कदमी गर्न सांसद तथा पूर्ब उपप्रधानमन्त्री भिम रावल समक्ष अनुरोध गरे ।

सुदूरपश्चिम समृद्धिमार्गलाई कार्यान्वयनमा ल्याउन आफू पार्टी र व्यक्तिगत तवरबाट लागिपर्ने पूर्व उपप्रधानमन्त्री भिम रावलले बताए । रावलले आफू त्यस क्षेत्रको पर्यटनको हकमा सचेत रहेको र त्यहाँको पर्यटन विकासका लागि लागि पर्ने प्रतिवद्धता जनाए ।

दबाब समुह घोषणा

कार्यक्रममा सुदूरपश्चिम समृद्धिमार्गको तिब्रता र निरन्तरताका लागि पर्यटन अभियन्ता किशोर खड्काको संयोजकत्वमा दबाब समुह गठन गरिएको छ ।

एनएमए, साईपालका अध्यक्ष कटक बहादुर कठायतले १०१ जना सदस्य रहने गरी पर्यटन अभियन्ता रमनचन्द्र श्रेष्ठलाई दबाब समुहको उप संयोजक बनाईएको जानकारी दिए ।


Related Post

Manufacturing Enterprises in Pokhara
उडान नहुंदा यात्रु अलपत्र
७ जना सगरमाथाको टुप्पोमा
सगरमाथा क्षेत्रमा फोहोरै फोहोर