महालक्ष्मीको मुनाफा अर्बभन्दा माथि…

Thursday, July 27th, 2017 at 4:27 pm By:News Missile Banking Biz, Highlighted News 431 Views

काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा रु. १ अर्ब १० करोड मुनाफा हासिल गरेको छ।

२०७४ साल आषाढ मसान्तसम्ममा रु. २५ अर्ब १३ करोड निक्षेप संकलन गरी रु. २० अर्ब ७२ करोड कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । बैंकको हाल चुक्ता पूंजी रु. २ अर्ब ६३ करोड छ ।

साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर २०७४ साल आषाढ १८ गतेदेखि एकिकृत कारोवार शुरु गरेको थियो ।

बैंकका नेपालभरी ६५ शाखा छन् भने ग्राहक संख्या ३ लाख ६५ हजार छ ।


Related Post

“रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलहरुको शुभारम्भ
प्रदेश नम्बर नं. २ का जनता आफ्नो मताधिकार प्रयोग गर्दै
‘अमेरिकन बाबु मेड इन नेपाल’ चलचित्रको पोष्टर रिलिज न्यूयोर्कवाटै हुने
छुट्टै मिठासले भरिएको गायिका देशु गोलेको ‘सायद मलाई’
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने