‘प्रयास’ का साथमा खरो उत्रिँर्दैछन् धिताल

Wednesday, July 26th, 2017 at 7:44 am By:News Missile Sports 373 Views

काठमाडौ । लामो समय टेलिभिजनको पर्दाबाट नदेखिएका राधाकृष्ण धिताल टेलिभिजन कार्यक्रम ‘प्रयास’ लिएर आउँदै छन्।

कान्तिपुर टेलिभिजनमा विगत ८ वर्षसम्म कार्य पूरा गरिसकेका धिताल बालमैत्री स्थानीय शासन सम्बन्धी बहस कार्यक्रम ‘प्रयास’ को साथमा नेपाल टेलिजिनमा देखिन लागेका हुन् ।

हरेक बुधबार बेलुकी ७ः २५ बजे प्रसारण हुने कार्यक्रम ‘प्रयास’, भूकम्प प्रभावित पाँच जिल्ला र तराईका पाँच जिल्लामा रेकर्ड गरिने छ।

शहरका आवाजहरु मुखरित भईरहँदा विकट गाउँपहाड र समाजको समस्यालाई जनप्रतिनिधीमार्फत समाधान गराउने उद्देश्यकासाथ उनले नयाँ प्रयास सुरु गरेका हुन् ।

‘प्रयास’ ले नव निर्वाचित जनप्रतिनिधीलाई बालबालिकाको समस्या समाधान र उनीहरुको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध गराउने पनि राधाकृष्ण धितालले जानकारी दिए ।

युनिसेफको सहयोगमा राष्ट्रिय सरोकार अभियान नेपालले उत्पादन गरेको कार्यक्रमले स्थानीय तहलाई बालमैत्री बनाउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ।


Related Post

ग्लोबल च्याम्पियनसीपमा नेपालको सहभागी
नेपाल बन्यो समूह विजेता
Glocal Teen Hero 2017
कञ्चनपुरमा कबर्डहलको निर्माण कार्य सुरु