क्षेत्रीय भलिबल रेफ्री तालिमको समुद्घाटन

Tuesday, July 25th, 2017 at 11:48 pm By:News Missile Sports 371 Views

काठमाडौ । राष्ट्रिय विश्वविद्यालय खेलकुद संघ केन्द्रिय कमिटीको आयोजनामा भएको भलिबल क्षेत्रीय रेफ्री ट्रेडिङ्ग सात दिने तालिम कक्षा महेन्द्ररत्न ताचाहल क्यम्पसमा शुभारम्भ भएको छ । तालिम अवधि यहि श्रावण १० गतेदेखि १७ गतेसम्म रहने छ ।

अनिल रिजालको अध्यक्षता, उपेन्द्र पौडेल र महेन्द्ररत्न ताचाहल क्याम्पस प्रमुख गोविन्द कटुवालको विशेष आतिथ्यता रहेको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाले गरेको थिए ।

शेर्पाले भलिबललाई राज्यले राष्ट्रिय खेल घोषणा गरेकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय घोषणा गर्नु पूर्व परिषद वा ओलम्पीक कमिटीसंग पनि सल्लाह गरेर घोषणा गरेको भए अझै राम्रो हुने कुरा बताए ।

खेलकुदमा लागि पर्ने खेलाडीहरुलाई पनि निर्धक्क भएर लाग्न आग्रह गरेका थिए भने खेलाडीहरुको अभिभावक भनेकै परिषद वा राज्य हो।

त्यसैले अहिले राज्यले खेलकुदमा ठूलो लगानी गरिरहेको र तलव भत्ताको पनि राम्रो प्रवन्ध मिलाएको बताए । विश्वविद्यालयलाई खेलाडीहरु उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्दै लैजानु पर्छ भन्ने उनको मूख्य धारणा रहेको स्पष्ट पारे।

उद्घाटन कार्यक्रममा महेन्द्ररत्न क्याम्पस प्रमुख गोविन्द कटुवालले यस क्याम्पसले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरेको जानकारी गराउँदै आगामी दिनमा अझै खेलकुदका भौतिक संरचना निर्माण गरि देशकै खेलाडी उत्पादन गरी पहिलो दर्जाको कलेज बनाउने दाबी समेत गरे ।

यस्तैगरी अनेरास्ववियू संगठन विभाग प्रमुखले यस संघले गरेको काम अत्यन्त राम्रो र सराहनीय रहेको भन्दै खेलाडीहरुले जिवनभर सिकेका सिपलाई आफू पनि गुरु बनेर अरुलाई सिकाउने प्रतिबद्धता जनाएका थिए।

अनेरास्ववियू का के.स. पंकज भन्डारीले अब नेपाललाई हिमालको देश, बुद्ध जन्मिएको देश तथा पशुपतिनाथको देश भनेर होइन खेलाडीहरु उत्पादन गर्ने देश भनेर चिनाउनु आवश्यक रहेका वताए।

त्यस्तै राष्ट्रिय विश्व विद्यालयका अध्यक्षले नेपालमा खेलकुद क्षेत्रको सहि मुल्यांकन नभएको बताउँदै हामीले हाम्रो समाजलाई खेलकुद प्रति हेर्ने दृष्टि कोण नै परिवर्तन गर्नु पर्नेमा जोड दिए भने
आज हाम्रा बच्चाहरु खेलकुदमा लाग्दा भविष्य बिग्रेला भन्ने जुन मानसिकता छ त्यसलाई परिवर्तन गरि खेलकुदमा लाग्दा चाहि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनिने मानप्रतिष्ठा आर्जन गर्नुका साथै समाजको असल पात्रको चिनारी दिनेमा ढुक्क हुनु नै राष्ट्रिय विश्व विद्यालय खेलकुद संघको प्रमुख एजेन्डा रहेको ठोकुवा गरे।

अध्यक्षका अनुसार नेपालमा खेलकुद विश्व विद्यालय हुनुपर्ने र विश्वविद्यालयलाई खेलाडी उत्पादन गर्ने उत्कृष्ट उद्योगको रुपमा विकास गर्नु पर्ने धारणा व्यक्त गरेको थिए ।

कार्यक्रममा चन्द्रबदना राई, कोर्ष डाइरेक्टर तथा इन्टरनेशनल भलिबल रेफ्री क्यान्डीडेड मेघनाथ बास्तोला, स्वास्थ्य तथा शारिरिक विभाग प्रमुख सुर्दशन शिवाकोटी, अनेरास्ववियू संगठन बिभाग प्रमुख पंकज भण्डारी, अनेरास्ववियू के.स. रिता कोईराला लगाएत के.स. भलिबल संघका महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति थियो।

 


Related Post

१६ वर्ष मुनिको एएफसी च्याम्पियनसिप फुटबलमा नेपाल र प्यालेष्टाइनवीच भिड्दै
ग्लोबल च्याम्पियनसीपमा नेपालको सहभागी
नेपाल बन्यो समूह विजेता
Glocal Teen Hero 2017
कञ्चनपुरमा कबर्डहलको निर्माण कार्य सुरु