यसकारण कृषि पेशा अँगाल्न पुगेँ: रमेश बहादुर ओली

Tuesday, July 25th, 2017 at 8:39 am By:News Missile Agriculture, Highlighted News 1057 Views

प्रताप ओली/बझाङ । बझाङ जिल्ला जयपृथ्वी नगरपालिका साविकको हेमन्तवाडा गाविसमा जन्मेको रमेश बहादुर ओली आज एक सफल किसानको रुपमा चिनिएका छन् ।

घरको परिस्थितिले भौतारिएका उनी आजभोलि सदरमुकाम चैनपुरमा १२ रोपनी जमिन भाडामा लिएर व्यवसायिक तरकारी खेतीमा व्यस्त छन् ।

परम्परागत खेती गर्दा जिविकोपार्जन गर्न धौ धौ भएपछि उनले मितेरी सहकारी संस्थाबाट २ लाख ऋण लिएर सदरमुकाम नजिकको डुङ्ग्रीमा व्यवसायी खेती गर्न शुरु गरेको हो ।

अहिले उनले १२ रोपनी जमिनको वर्षेनी २ लाख भाडा तिर्दै राम्रो आम्दानीको बाटो पहिल्याई राखेका छन् ।

कृषक रमेश बहादुर ओली भन्छन्, ”पारिवारिक स्थिति कमजोर भएकाले ११ कक्षा भन्दा बढी पढ्न पाईएन, त्यसपछि क्षेत्रिय कृषि निर्देशनालय दिपायल गएर कृषकको तालिम लिएँ ।”

थप ओली भन्छन् ”हुन त उतिखेर म बझाङको भामचौर गाविसको करारमा सचिव भएँ, मुड्तिनदेव प्रा.वि. को शिक्षक समेत भएँ तर जे भएपनि घरको १० जना परिवार पाल्ने जिम्मा मेरो हातमा भएकाले अन्यत्र लाग्नु पर्यो।  केही महिना अगाडी भारतमा कमाउन गएँ त्यहाँ पनि चित्त बुझेन, अन्ततः मितेरी कृषि सहकारीले सहयोग गर्ने बताएपछि व्यवसायिक तरकारी खेतीमा लागेको हुँ ।”

पहिला शुरुमा २ जना मिलेर तरकारी खेती गर्न थालेका ओलीले शुरुवातका दिनहरुमा निकै दुःख कष्ट भोग्नु परेको पनि सुनाए ।

कहिले तरकारी खपत नहुने, कहीले कुहिने त कहिले जिल्ला बाहिरबाट आउने तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा धेरै दुःख खेप्नु परेको कहानी पनि सुनाए ।

जमीन भाडामा लिएर शुद्ध अर्गानिक तरकारी खेती गरेको सुनेपछि जिल्ला कृषि विकास कार्यालयले पनि प्राविधिक सहयोग गरेको ओलीले बताए ।

जमीनको भाडाको मूल्य र आम्दानीको हिस्सालाई तुलना गर्दा भाडा बढी नै तिर्नु परेको र जमिनमा उर्बराशक्ति कम भएकाले तरकारी पनि कम फल्ने गरेको वताए।

तरकारी व्यवसायलाई जिल्लाकै नमूना बनाउने उद्देश्यले तरकारी खेतीमा लागेको ओलीको भनाई छ। मौसमी र बेमौसमी तरकारी गरी १२ प्रकारका तरकारी आफ्नो बारीमा फलाउने गरेका बताउँदै ओलीले भने मौषमले साथ दिएमा राम्रो आम्दानी हुने बताए ।

रमेश बहादुर ओलीले वार्षिक झण्डै ४ र ५ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको छ । यसरी अहिले उनी जिल्लाकै सफल र अब्बल कृषकको दर्जामा पर्ने गरेका छन् ।

 


Related Post

“रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलहरुको शुभारम्भ
प्रदेश नम्बर नं. २ का जनता आफ्नो मताधिकार प्रयोग गर्दै
‘अमेरिकन बाबु मेड इन नेपाल’ चलचित्रको पोष्टर रिलिज न्यूयोर्कवाटै हुने
छुट्टै मिठासले भरिएको गायिका देशु गोलेको ‘सायद मलाई’
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने