मिस एयरहोस्टेज नेपाल २०१७ फाइनल

Sunday, July 23rd, 2017 at 9:44 pm By:News Missile Fashion, Highlighted News, Life & Style 507 Views

काठमाडौं । मिस एयरहोस्टेज नेपाल २०१७ को फाइनल अडिशन हुँदैछ । अडिशनको फाइनल यहि श्रावन १४ गते विहान ११ बजेदेखि २ बजेसम्म मुड्स रेस्टुरेण्ट ब्लुबर्ड मल थापाथलीमा हुने भएको छ।

फेशन ट्रेण्ड नेपालद्वारा आयोजित तथा सहारा ईन्टरनेशनल एयरहोस्टेज एकेडेमीको प्रस्तुतिमा हुन गईरहेको यस प्रतियोगिताको पहिलो र दोश्रो अडिशन राउण्ड भने यस अघि नै सम्पन्न भईसकेको छ।

प्रतियोगितामा छनौट भएका प्रतिष्पर्धीहरुले भविष्यमा नेपालबाट अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतिष्पर्धामा समेत प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको कुरा आयोजकको दाबी छ।

मिस एयरहोस्टेज नेपाल २०१७ को विजेताले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने, चलचित्र, म्यूजिक भिडियो, मिडिया अन्तरवार्ता लगाएत एयरहोस्टेज बन्नमा समेत विशेष अवसरको सहयोग प्राप्त गर्न सक्ने छन् ।

प्रतियोगितामा छनौट भइसकेका प्रतिस्पर्धीहरुलाई एक महिनासम्म नेपालकै ख्याति प्राप्त कोरियोग्राफरबाट सञ्चार क्षेत्र, व्यक्तित्व विकास अभिवृद्धि, मोटिभेशन कक्षा लगाएत अतिरिक्त क्रियाकलापमा सहभागी गराइने आयोजकले वताए ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई फिजिकल फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास र फेशन क्लास गतिविधिमा समेत सहभागी गराई उत्कृष्ट प्रविधिको दाबेदार प्रतिष्पर्धीको निर्माण गरिने आयोजक संस्थाले स्पष्ट पारे।

 


Related Post

MASCULINE VS FEMININE MORALITY
What is Advertising?
Wai Wai Teen Hero
बलिउड स्टारका खान्कीमा रोचक तौर तरिकाहरु
हरिराम र लिलाको मन्दिरमै वास