पाण्डेको पोल्टामा मिस ब्यूटी क्विन नेपाल २०१७ को ताज

Friday, July 21st, 2017 at 7:50 am By:News Missile Fashion 535 Views

काठमाडौ । व्यस्त सहर काठमाडौमा सुन्दरताको खानीले भरिभराउ युवतीहरुको सुन्दरताको कसी मापन कार्यक्रम मिस ब्यूटी क्विन नेपाल २०१७ को फाइनल राउण्ड राष्ट्रिय नाचघर जमलमा सकिएको छ।

आयोजित मिस ब्यूटी क्विन नेपाल २०१७ को फाइनल राउण्डमा १५ जना सुन्दर यवतीहरुको प्रतिष्पर्धा रहेको थियो। ती १५ जना सहभागी मध्ये मिस ब्यूटी क्विन नेपाल २०१७ सौन्दर्यताको ताज मनिषा पाण्डे हात पारिन्।

सौन्दर्यताको ताजसँगै मनिषा पाण्डेले ’मस्ट ईन्टिलिजिन्ट र मस्ट पपुलर’ टाइटल अवार्ड पनि उनकै पोल्टामा पार्न सफल भएकी छिन् । यो जीत सँगसँगै विजेता मनिषाले आर्टिस्ट नेपाल, सिल्क हेयर, कोजी ब्यूटी सलोनको तर्फबाट बिभिन्न आकर्षक गिफ्ट ह्यापर प्राप्त गरेकी छिन् ।

यस्तै फस्ट रनरअप तथा मस्ट ब्युटिफुलको उपाधि निमा शेर्पाले जितिन् भने सेकेन्ड रनरअपको उपाधिसंगै मस्ट एक्टिभमा सुशिला श्रेष्ठ र थर्ड रनरअपको उपाधि सहित मस्ट कन्फिडेन्समा शर्मिला विश्वकर्माले जितेकी छिन्।

त्यस्तैगरी प्रतियोगिताको अन्य सबटाईटल अवार्डहरुमा बेस्ट ट्यालेन्टको उपाधी मनिषा थापा, बेस्ट हेयरको उपाधी हेमकला नाल्बो, बेस्ट स्किनको टाइटल जेबिना लोहनी, बेस्ट क्याटवाकको टाइटल ममता तामाङ्, बेस्ट स्माईल तथा मस्ट पपुलरमा इन्दिरा श्रेष्ठ, बेस्ट डिसिप्लिनमा म्यागी लामा, मस्ट चार्मिङमा अन्जु आले मगर, मस्ट स्मार्टको सबटाईटलमा अन्जना केसी, बेस्ट कम्प्लेक्सन तथा बेस्ट ड्रेसअपमा कुमारी रमिला राई र मस्ट स्टाईलिसमा एल्गिना राईले उपाधि जितेकी छिन्।

एमाजोन ईन्टरटेन्मेन्टद्वारा आयोजित मिस ब्यूटी क्विन नेपाल २०१७ कार्यक्रमको सञ्चालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी नेपालकै चर्चित मोडेल तथा वरिष्ठ प्रशिक्षक हिमानी सुब्बाले गरेकी हुन् ।


Related Post

रशलाईटको रसिलो ‘दशैं फेशन नाइट २०१७’ हुँदै
टिन प्रिन्सेस् डिभा २०१७ दोश्रो संस्करण अन्तर्गत प्रि–राउण्ड सम्पन्न
मिस एयरहोस्टेज नेपाल २०१७ फाइनल
मिस सिन्धुली विजेतालाई १ लाख पुरस्कार