बझाङमा उत्पादित आलुको माग बढ्यो

Wednesday, July 19th, 2017 at 8:26 am By:News Missile Agriculture, Highlighted News 434 Views

बझाङ । बझाङमा स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै गएको छ । पछिल्लो समयमा जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका किसानहरुले हिउदे आलुको खेती गर्दै आएका छन् ।

रसायनिक मल र विषादीको कुनै प्रयोग नगरी शुद्ध अर्गा्िनक पद्धतिबाट आलु उब्जाउने गरेकाले आलुको स्वाद मिठो र छिटो पाक्ने गरेका कारण स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै गएको हो।

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरुमा सडक संजालले छोएपछि बझाङका उच्च हिमाली क्षेत्रका किसानहरु हिउदे आलु खेतीतर्फ आकर्षित भएका हुन ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र बुङगल क्षेत्रको विजगडा, वित्थड, बागथला, झोता, भाँडे बजार, देउरा, लगायत सदरमुकाममा स्थानिय आलुको माग बढदै गएको छ ।

अहिले स्थानिय आलुको मुल्य प्रति किलो २५ देखि ३० रुपैयाँसम्म गाँउघरमै पर्ने गरेको छ भने बजारमा यसको मूल्य ३५ देखि ४० प्रति किलोमा पाईने गरेको छ ।

गोठेमलको प्रयोगले आलुलाई स्वादिष्ट बनाउने हुँदा ग्रामीण क्षेत्रमा उत्पादित हुने आलुको माग बढदै गएको हो।

बझाङमा उत्पादन भएको आलुको माग जिल्लाभित्र मात्र होईन जिल्ला बाहिरबाट पनि आउने गरेको विजगडाका स्थानिय व्यापारी नर बहादुर बोहराले बताए ।

अहिले जिल्लाका विभिन्न व्यापारिक केन्द्रहरुमा संचालन भईरहेका पसलहरुमा जिल्लाबाट ल्याईएको भन्दा स्थानिय स्तरमा उत्पादित आलु बढि विक्रि हुने गरेको छ ।


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि