जैविक प्रविधि राष्ट्रिय सम्मेलन शुरु

Wednesday, June 28th, 2017 at 10:05 am By:News Missile Science-Tech 541 Views

काठमाडौ । आजदेखि चितवनमा जैविक प्रविधि सम्बन्धी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको राष्ट्रिय सम्मेलन शुरु भएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तरगत जैविक प्रविधि केन्द्रको आयोजनामा हुने सम्मेलनमा नेपालका १ सय २५ जना वैज्ञानिक, नीति निर्माता, अनुसन्धानकर्ता तथा प्राध्यापकहरुको सहभागितामा रहेको छ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरुद्धारा प्रस्तुत गरिने ३० वटा कार्यपत्रमाथि छलफल गरेर ‘राष्ट्रिय जैविक प्रविधि घोषणा २०७४’ जारी गरिने कृषि तथा वन विज्ञान विश्वविद्यालयको जैविक प्रविधि केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरियाले जानकारी दिए ।

कडरियाका अनुसार कृषि तथा पशु एवं जैविक प्रविधिका क्षेत्रमा हालसम्म भए गरेका अनुसन्धान, उपलव्धी, चुनौती तथा आगामी दिनमा अपनाउनु पर्ने योजनाका बारेमा गम्भिर छलफल हुनेछ ।


Related Post

‘एडी क्याब’ ले ल्यायो ट्याक्सी चढ्ने सजिलो उपाय
वर्षभरिकै लामो दिन आज, भोलिबाट रात लम्बिएर जाने
पिउन योग्य बनाए बैज्ञानिकहरुले
उत्तरको प्रक्षेपण, विश्वलाई चुनौति