उडान नहुंदा यात्रु अलपत्र

Wednesday, June 21st, 2017 at 10:57 pm By:News Missile Highlighted News, Tourism 609 Views

भोजराज कार्की/सोलुखुम्बु । तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला, सोलुखुम्बुमा ५ दिन यता कुनै हवाइ उडान नहुँदा बाह्य पर्यटक सहित स्थानीय जनता मारमा परेका छन् ।

प्रतिकुल मौषमका कारण सगरमाथा प्रवेशद्धारको एक मात्र बिमानस्थलमा उडान नहुँदा सयौं यात्रुहरु मारमा परेका छन्।

बाक्लो हुस्सु तथा बर्षातका कारण पछिल्लो ४ दिनमा तारा एयरको मात्र १६ वटाभन्दा बढी उडान रद्ध भईसकेको छ।

जसका कारण एक सयभन्दा बढी बिदेशी पर्यटक तथा सोही संख्यामा स्थानीय प्रभावित भएको तारा एयर, लुक्लाका स्टेशन ईन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार तारा बाहेक अन्य एयरलायन्सले पर्यटकीय सिजन सम्पन्न भए पश्चात उडान नगरेपछि थप समस्या उत्पन्न भएको हो ।

आरोहणको सिजन सम्पन्न भएसँगै अन्य एयरलायन्सले पश्चिमतर्फ आफ्नो उडान केन्द्रित गरे पश्चात यात्रुहरु थप मारमा परेको स्थानीयको गुनासो रहेको छ ।

अन्य एयरलायन्सले पर्यटकीय सिजन बाहेक अन्य सिजनमा एउटै उडान भर्न नपाउँदा स्थानीयमा आक्रोश समेत पैदा भएको स्टेशन ईन्चार्ज शेर्पाको भनाई छ ।

असार २ गतेबाट तारा एयरले समेत मौषमका कारण उडान भर्न नसकेपछि अहिले विदेशी तथा स्वदेशी यात्रुहरु पैदल यात्रा मार्फत सदरमुकाम सल्लेरीतर्फ अघि बढेका छन् ।

२ दिन लामो समय लाग्ने सल्लेरीसम्मको यात्रा समेत त्यत्ति सहज नभएको यात्रुहरुले बताएका छन्।

वर्षातको मौषम त्यसमाथि खुम्बु क्षेत्रका लागि आवश्यक खाद्यान्न ढुवानीको एक मात्र बिकल्प खच्चडले बाटो बिगार्दा हिड्न मुुश्किल रहेको छ ।

दिनहुँ खच्चड मार्फत सामाग्री ढुवानी तथा यात्रु हिड्ने बाटो एउटै हुुँदा बाटो हिलाम्मे रहेको भएका छन्।

प्रतिकुल मौषमका कारण अहिले हेलिकोप्टरले समेत लुक्ला विमानस्थलमा उडान भर्न सकेको छैन।

फाट्टफुट्ट रुपमा कुनै समय हेलिकोप्टरले विमानस्थलबाट करिब एक घण्टाको दुरी तल रहेको सुर्केबाट यात्रुको उद्धार गर्ने गरेको बताईएको छ ।


Related Post

Manufacturing Enterprises in Pokhara
चैनपुर ताक्लाकोट सडक-खण्डले यती चाँडै काँचुली फेर्ला त?
७ जना सगरमाथाको टुप्पोमा
सगरमाथा क्षेत्रमा फोहोरै फोहोर