वर्षभरिकै लामो दिन आज, भोलिबाट रात लम्बिएर जाने

Wednesday, June 21st, 2017 at 5:56 pm By:News Missile Science-Tech 575 Views

काठमाडौ । आज जुन २१ तारिख । सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ ।

नेपालमा सूर्योदय र सूर्यास्त बीचको समय अनुसार आजको दिन १४ घण्टा भन्दा लामो हुनेछ ।

भोलिदेखि दिन छोटो र रात लामो हुनेछ । आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वी ढल्काईको आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुने गर्दछ ।

अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिख मध्ये कुनै एक दिन पर्छ ।

डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले त्यस दिन सबैभन्दा छोटो र रात लामो हुने गर्दछ।


Related Post

‘एडी क्याब’ ले ल्यायो ट्याक्सी चढ्ने सजिलो उपाय
जैविक प्रविधि राष्ट्रिय सम्मेलन शुरु
पिउन योग्य बनाए बैज्ञानिकहरुले
उत्तरको प्रक्षेपण, विश्वलाई चुनौति