यती बैकको वित्तिय साक्षरता अभियान

Wednesday, June 14th, 2017 at 11:23 am By:News Missile Banking Biz, Highlighted News 673 Views

काठमाडौ । यती डेभलपमेण्ट बैंकले “जोडौं एक नाता खोली बैंकमा खाता” भन्ने मुल नारा सहित मिति २०७४ जेष्ठ २९ गते हेटौंडाको मकवानपुरगढी ३ स्थित भानु माध्यामिक बिद्यालयका विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

विद्यार्थीहरुलाई बचत गर्ने बानी बसाल्न र बचतको महत्व, ए.टि.एम. कार्डको प्रयोग, मोबाईल बैकिङ्ग तथा ऋणको बारेमा जानकारी दिन बैंकले यो कार्यक्रम आयोजना गरेको हो ।

विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई बैंकका प्रबन्धक राजेश लामिछाने र कर्जा अधिकृत सरिना मानन्धरले विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।

सोही विद्यालयका प्रधानाध्यापक ध्रुव कुमार भुजेलको  उपस्थितिमा बैंकले सहजीकरणमा सहभागी ६१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका थिए ।

 

 


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि