आक्रमणमा पत्रकार मारिए

Sunday, June 11th, 2017 at 10:53 pm By:News Missile Media 637 Views

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाख्तुनख्वामा अपरिचित बन्दुकधारीको आक्रमणमा परी एक पत्रकार मारिएका छन्।

‘द केटु टाइम्स’ पत्रिकाक बकसिस अहमद गृह जिल्ला हरिपुरमा मारिएका सिन्हवाले जनाएको छ ।

राजधानी इस्लामावादबाट एक सय किलोमिटर उत्तरपश्चिममा पर्ने हरीपुरको आफ्नो कार्यालयतर्फ गइरहेका ती पत्रकारलाई मोटरसाइकलमा सवार बन्दुकधारीले गोली प्रहार गरी हत्या गरेको अहमदको कार्यालयले जानकारी दिएको छ।

आक्रमणपछि बन्दुकधारी भागेका र यस आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएको समाचारमा उल्लेख छ।

घट्नाको अनुसन्धान भैरहेको छ । पाकिस्तानमा गत १५ वर्ष यता भएका विभिन्न आक्रमणमा परी कम्तीमा १ सय १७ जना पत्रकार मारिएका छन् ।

Agency

Related Post

निर्वाचन आचारसंहिताको पालना गर्न आमसञ्चार माध्यम र पत्रकारलाई प्रेस काउन्सिल नेपालको अपिल
खेलकुद पत्रकार दिवस मनाउँदै
राष्ट्रिय फोटो पत्रकार समुह धनुषाको गठन
रेडियो पत्रकारिता तालिम सम्पन्न