राष्ट्रिय फोटो पत्रकार समुह धनुषाको गठन

Thursday, June 8th, 2017 at 6:06 pm By:News Missile Media 663 Views

धनुषा जनकपुरधाम । राष्ट्रिय फोटो पत्रकार समुह धनुषा शाखाको गठन गरिएको छ ।

एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यालयमा राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय प्रतिनिधी हरि रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ७ सदस्यीय धनुषा शाखाको गठन गरिएको हो।

राष्ट्रिय फोटो पत्रकार समुह धनुषा शाखाको अध्यक्षमा जयन्त ठाकुर, उपाध्यक्षमा किरण कर्ण, सचिवमा गोविन्द महतो, सहसचिवमा प्रतिभा झालाई चयन गरिएको छ । यसैगरी शाखाको कोषाध्यक्षमा नेहा झा, सदस्यहरुमा सोनी साह र राजा झालाई चयन गरिएको छ ।

केन्द्रिय सचिव प्रदिपराज वन्तको उद्घोषणमा भएको कार्यक्रममा प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार, साहित्यकार रामभरोस कापडि़ भ्रमरले धनुषा शाखाका नव कार्यसमितिलाई खादा र फूलमाला लगाई बधाई ज्ञापन गरेका थिए।


Related Post

निर्वाचन आचारसंहिताको पालना गर्न आमसञ्चार माध्यम र पत्रकारलाई प्रेस काउन्सिल नेपालको अपिल
खेलकुद पत्रकार दिवस मनाउँदै
आक्रमणमा पत्रकार मारिए
रेडियो पत्रकारिता तालिम सम्पन्न