एस ए वि पब्लिक स्कुलले यसरी मनाए विश्व वातावरण दिवस

Monday, June 5th, 2017 at 10:11 pm By:News Missile Art & Culture, Education & Leatrature 675 Views

काठमाडौ । ‘प्रकृतिसँग हाम्रो सम्बन्ध रहिरहोस् अनन्त’ भन्ने भनाईलाई मनन गर्दै आज जून ५ मा एस ए बि पब्लिक स्कुलले विश्व वातावरण दिवस मनाएका छन् ।

आज संसारभरी विश्व वातावरण दिवस मनाइरहँदा घट्टेकुलो स्थित सूर्योदय एजुकेशन फाउण्डेसन अन्र्तगतको एस ए बि पब्लिक स्कुलले पनि यस वर्षको वातावरण दिवस भव्य रुपमा मनाएको हो ।

संसारमा मनाइने वातावरण दिवसमा अवसरमा यस वर्ष एस ए बि पब्लिक स्कुलका प्रिन्सिपल, शिक्षक–शिक्षिका, विद्यार्थी एवम् विशिष्ट पाहुनाहरूकासाथमा मनाएका छन् ।

कार्यक्रममा पूर्व प्राथमिक तहका विद्यार्थीहरु आफनो वरपर समुदाय वरिपरि प्रभातफेरी तथा माध्यामिक तहका विद्यार्थीहरु सरसफाई तथा सदर चिडियाखानाले आयोजना गरेको प्रभातफेरीमा सहभागी भएका थिए।

सोही अवसरमा प्राथमिक तथा माध्यमिक तहगत चित्रकला प्रतियोगिताका सुन्दर चित्रहरू तथा फयाँकिएका वस्तुहरुबाट निर्माण गरिएका वस्तुहरुको प्रर्दशनी समेत गरिएको थियो ।


Related Post

जाल्पाले बनाएको उदयपुरका अधिकांस विद्यालय भवन अधुरै
संयुक्त विद्यार्थी संगठनद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक
‘रुप तथा मेरो मनमा’ नामक उपन्यास विमोचन
अन्तराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरद्वारा पाठक सम्मानित
मुक्तकको खडेरीमा ‘समैं दर्बानी’ मुक्तक संग्रह लोकार्पण