जेब्रा क्रसिङ्ग मर्मतमा यती बैककोे सहयोग

Sunday, June 4th, 2017 at 7:28 pm By:News Missile Banking Biz, Highlighted News, Social 789 Views

काठमाडौ । यती डेभलपमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेका छन् ।

बिभिन्न संघ संस्थालाई सहयोग गर्ने जस्ता कार्यहरुमा बिगत लामो समयदेखि यती बैंकको अग्रणी भूमिका रहँदै आएको छ।

बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ तथा प्रहरी कार्यालय दरबारमार्गको समन्वयमा बिभिन्न ९ स्थानहरुमा जेब्रा क्रसिङ्गहरुको रङ्ग रोगन गरी सर्वसाधारणलाई सजिलै जेब्राक्रसिङ्ग पहिचान गर्न सहयोग गर्ने उद्देश्यले जेब्राक्रसिङ्ग मर्मत गरी दिने भएको छ ।

सडक पेटी तथा जेब्रा क्रसिङ्गको प्रयोग नगर्दा ४३ प्रतिशत दुर्घटनामा परि योग्य नागरिकले गुमाउन परेको तथ्यको जानकारी दिदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी महानिरीक्षक मिङ्गमार लामाले सडक दुर्घटना न्यूनिकरण गर्ने अभियानको शुरुवात गरेको बताए ।

त्यस्तै ट्राफिक प्रहरीको यस अभियानलाई सहयोग गर्दै यती डेभलपमेण्ट बैंकले पैदल यात्रुहरुलाई बाटो काट्न सहज बनाई दिने अभिप्रायले जेब्रा क्रसिङ्गहरुको रङ्ग रोगन तथा मर्मत गरी दिने जस्तो प्रसंशनीय कार्य गरेकोमा नायब प्रहरी महानिरीक्षक लामाले खुशी ब्यक्त गर्दै धन्यबाद दिएका थिए।


Related Post

ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
‘प्रहरी हाम्रो टोलमा’ अभियान शुभारम्भ
ब्रिटिस सेनालाई परास्त गरेको २ सय ५०औं वर्षगाँठमा साइकल यात्राको आयोजना
What is Advertising?