७ जना सगरमाथाको टुप्पोमा

Saturday, May 20th, 2017 at 7:05 pm By:News Missile Tourism 785 Views

भोजराज कार्की/सल्लेरी (सोलुखुम्बु) : विश्वको शिखर सगरमाथाको थप ७ जनाले सफल आरोहण गरेका छन्।

आज बिहान पाँचथरका शुशिल शेर्मा (लिम्बु) सहित ७ जनाको समुहले सगरमाथाको सफल आरोहण गरेका हुन्।

पाँचथरका लिम्बुले सगरमाथा आरोहण गर्ने जिल्लाकै पहिलो आरोही रहेको दावी गरको छ ।

गत मे १५ अर्थात जेठ १ गते ब्रीटिस आर्मीका ३ जना सहित १४ जना शेर्पाको समुहले यो सिजनको आरोहण सुरु गरेका थिए।

यस्तै मे १६ अर्थात जेठ २ गते ३१ जनाले सफल आरोहण गरेका थिए भने आज मे २० तारिख अर्थात जेठ ६ गते ७ जना आरोहीले सफल आरोहण गरेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

आजसम्ममा जम्मा ५२ जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । पर्यटन विभागका अनुसार यो वर्ष ४१ समुहका ३ सय ७४ जनाले सगरमाथाको आरोहण गर्नेछन् ।


Related Post

Manufacturing Enterprises in Pokhara
चैनपुर ताक्लाकोट सडक-खण्डले यती चाँडै काँचुली फेर्ला त?
उडान नहुंदा यात्रु अलपत्र
सगरमाथा क्षेत्रमा फोहोरै फोहोर