सगरमाथा क्षेत्रमा फोहोरै फोहोर

Tuesday, April 25th, 2017 at 4:02 pm By:News Missile Highlighted News, Tourism 976 Views

mt. everest basecampभोजराज कार्की/सोलुखुम्बु: विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढे पछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीपीसी) ले जिम्मेवारी पुरा नगर्दा फोहोर बढेको भन्दै व्यवसायी चिन्तित बनेका हुन् ।

कस्मो ट्रेक प्रा.लि. मार्फत सगरमाथा आरोहणको तयारीका लागि क्याम्प २ मा पुगेका किताब सिं तामाङले उक्त क्षेत्रमा फोहोरको मात्रा बढेकाले चौतर्फि व्यवस्थापन बारे आलोचना भएको बताएव ।

तामाङले भने “क्याम्प २ मा पुग्दा टेण्टमा प्रयोग गरिने फलामको डण्डी, सिसा, बोतल समेत जताततै देखियो, जलवायु परिवर्तनको कारण केही दशक पछि सगरमाथा आजको जस्तो देखिन्दैन भन्थे हो जस्तै लाग्यो।”

२०७१ सालमा आधार शिविरबाट क्याम्प एक तर्फ जानेक्रममा हिमपहिरोमा परि १६ जना क्लाइमिङ शेर्पाको ज्यान गयो भने २०७२ सालको भुकम्पको कारण पनि सगरमाथाको आरोहणमा प्रत्यक्ष असर प¥यो। समिट नेपाल टे«क प्रा.लि.का क्लाईमिङ गाईड दावा तामाङ भन्छन् “दुईवर्ष लगातार घट्ना घट्यो, त्यस बेला क्याम्प २ मा सेट भएको क्याम्पका सामाग्री भन्दा पनि आफू कसरी सकुशल फर्कने भन्ने हतारका कारण फोहोरको मात्र बढेको हो, यसलाई सम्बन्धित निकायले समयमा नै ध्यान नदिने हो भने पर्यटनमा ठुलो असर पुग्छ ।”

आरोही र कामदारले प्रयोग गरेको फोहोरलाई बर्गीकरण गरी आरोहण दल आफैले फोहोर फिर्ता ल्याउनु पर्ने पर्वतारोहण नियमावलीमा उल्लेख छ । नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, र पुनः निकासी गर्नु पर्ने गरी फाहोरलाई तीन भागमा बर्गीकरण गरीएको छ ।

क्याम्प १ भन्दा माथि भएका फोहोर मध्ये जलाउने भए सगरमाथा आधार शिविरमा जलाउनु पर्ने, पुनःप्रशोधन गर्न सकिने फोहोर काठमाडौ महानगरपालिका लगेर बुझाउनु पर्ने, र पुनः निकासी गर्नु पर्ने भए सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लानु पर्ने कानुनी प्रावधान छ ।

नियमावलीमा उल्लेख भए अनुसार फोहोरमैला व्यवस्थापनको लागि रु.३००० डलर धरौटी राख्नुपर्छ। कस्ता फोहोर कति परिमाणमा हिमाल लगेको भन्ने तथ्याङ्क राखे अनुसार फोहोरजन्य सामाग्री फिर्ता नल्याए धरौटी फिर्ता नहुने व्यवस्था समेत उल्लेख गरीएको छ ।

त्यस क्षेत्रको फोहोर मैला व्यवस्थापन गर्नकै लागि २०५४ सालदेखि सगरमाथा प्रदुषण नियन्त्रण समितिले प्रतिआरोही ६०० डलर लिन्छ। उक्त शुल्कबाट शौचालय निर्माणदेखि फोहोर संकलन केन्द्रसम्म स्थापना गर्दै आएको समितिले क्याम्प २ सम्मको बाटो मर्मत गरेबापत र आवश्यक सामग्री खरिद गरेबापत शुल्क लिएको बताएपनि समितिले फोहोरको व्यवस्थापनमा ध्यान नदिएको आरोहणदलको आरोप छ।

तर सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष आङदोर्जे शेर्पाका अनुसार आधार शिविर भन्दामाथिको फोहोर संकलनको जिम्मा (एसपीसीसी) को होईन तर प्रत्येक आरोही र कामदारलाई आठ, किलोग्राम फोहोर आधार शिविरसम्म ल्याउन लगाउने र क्याम्प २ मा कर्मचारी राखेर अनुगमन गरी प्रदुषण गर्नेलाई कारबाही समेत गरिएको शेर्पाको दावी छ ।

यता पर्यटन विभागले क्याम्प २ देखि चुचुरोसम्मको बाटो सरसफाई गर्नका लागि पर्वतारोही सञ्चालक संघलाई जिम्मा दिएको भएपनि कार्यान्वयन नुहँदा समस्या भएको पर्यटन व्यवसायीको आरोप छ।

त्यसैले विश्वकै शिखर सगरमाथा क्षेत्रमा यसरी फोहोर बढ्दै जाने फोहोरको व्यवस्थापनमा सम्बन्धित निकायले समयमा नै ध्यान नदिने हो भने सगरमाथाको अस्तित्वमाथि नै नराम्रो दाग लाग्न सक्ने हुुँदा सरोकारवाला सचेत बन्नु पर्ने त्यस क्षेत्रका नागरिकको सुझाव छ ।


Related Post

Manufacturing Enterprises in Pokhara
चैनपुर ताक्लाकोट सडक-खण्डले यती चाँडै काँचुली फेर्ला त?
उडान नहुंदा यात्रु अलपत्र
७ जना सगरमाथाको टुप्पोमा