मेयरको निर्विकल्प दाबेदार

Saturday, April 22nd, 2017 at 8:43 am By:News Missile Highlighted News, Politics 9992 Views

prem sagar karmacharyaकाठमाडौ । यहि बैशाख ३१ गते हुने भनिएकोे स्थानीय तहको चुनावमा काठमाडौ महानगरपालिकाको मेयर पदका लागि आकाँक्षीहरुको प्रतिष्पर्धामा लर्को नै लागिपरेका छन् ।

जनताहरुले पनि जनहितकारी उम्मेदवारको महसुस गर्न नपाएका कारण विवेकशील व्यक्तिको खोजीमा बेग्लै अनुहार खोजिरहेका छन्। जसले निस्वार्थ रुपमा समाज र देशको निम्ति त्याग तपस्या र वलिदानको कुनै पर्वाह नगरी जनताका लागि २४सै घण्टा खटिइरहने व्यक्ति हुन प्रेमसागर कर्माचार्य।

कर्माचार्यले काठमाडौवासीको मन मुटु जीतिरहेका छन् र त्यस्तै व्यक्तिको टड्कारो रुपमा खाँचो छ काठमाडौ नगरवासीलाई। उनै कर्माचार्य अहिले मेयर पदमा निर्विकल्प प्रमुख दाबेदारको रुपमा देखा परेको छ।

दिनरात नभनीकन जनतामा समर्पित, निश्कलंक छवि भएका, सवल र सक्षम उम्मेदवारको रुपमा उदियमान व्यक्ति हुन् कर्माचार्य। आपतमा परेका विरामीहरुलाई विना शुल्क रक्तदान सहयोग गर्दै आएका कर्माचार्य नेपालका रेकर्डेड रक्तदाताको रुपमा पनि चिरपरिचित छन् ।

उनी रक्तदाता होइनन्, जीवनदाता हुन्। हालसम्म कर्माचार्यले १ सय ४९ पल्ट रक्तदान गरेर रक्तदानको क्षेत्रमा नयाँ क्रान्ती ल्याइदिएका छन् । उनी चाहन्छन् यस क्षेत्रमा आमूल परिवर्तन गर्न।

त्यसैले पनि महान समाजसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको उम्मेदवारी काठमाडौ महानगरपालिकाको मेयर पदमा अत्यन्त महङ्गो सावित हुनेछ ।

उनी काठमाडौ महानगरपालिकालाई भू–स्वर्ग बनाउन चाहन्छन् यस्ता निस्वार्थ सेवाभावले समाजकै लागि अहोरात्र खटिने व्यक्ति कमै पाइन्छन् । त्यत्तिमात्र कहाँ हो र आफ्ना पिताजीको देहान्तको अवस्थामा समेत रगत पिडित व्यक्तिहरुलाई सेवा गर्न पछि नपर्ने व्यक्ति हुन कर्माचार्य। यस्ता ज्वलन्त उदाहरण धेरै छन्।

यसरी बहुप्रभावशाली उम्मेदवार कर्माचार्यलाई नेकपा माओवादी केन्द्रले काठमाडौको मेयरको टिकट दिने प्रवल संभावना बढेर गएको छ। “फलाम तात्तिएको बेला घनले हान्नुपर्छ” भन्ने उक्ति झै काठमाडौ नगरवासीको चाहना पनि यही रहेको आभास हुन आएको छ ।

यदि तोकिएकै समयमा स्थानीय तहको निर्वाचन भएमा पार्टीको तर्फबाट र काठमाडौ महानगरपालिकाका जनताको तर्फबाट पनि टिकट पाउनेको पहिलो नम्बरमै पछर्न् कर्माचार्य ।

स्वयम् प्रेम सागर कर्माचार्य भन्छन् एकपटक जनताको निर्वाचित प्रतिनिधि भएर काठमाडौ नगरवासीको प्रत्यक्ष अप्रक्ष्य रुपमा सेवा गर्ने मनसाय व्यक्त गर्छन् ।

यस्तो अबस्थामा पार्टीको तर्फबाट कुन व्यक्तिलाई टिकट दिँदा समाज र जनताको जीवनशैलीमा आमूल परिवर्तन हुन सक्छ र जनताले पनि कुन व्यक्तिलाई जिताउँदा समाज, जनता र देशको कल्याण हुन्छ यो घडीमा वौद्धिक ढङ्गबाट विचार पुर्याउनु जरुरी देखिन्छ ।

यदि कु–व्यक्तिको हातमा टिकट हातपर्यो भने नगरवासीको जीवनशैलीलाई नरकवासीमा परिणत हुन धेरैबेर नलाग्लाकि ?।


Related Post

उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि
अमेरिका भ्रमणको क्रममा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग प्रधानमन्त्री देउवाको भेटवार्ता
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तिब्र, २२ गतेभित्रमा नाम, थर, पद र दस्तखतको नमूना पेश गर्नु पर्ने
मतगणना जारी, भोली बेलुकीसम्ममा धेरैजसो ठाउँको अन्तिम परिणाम सार्वजनिक हुने
प्रदेश नम्बर नं. २ का जनता आफ्नो मताधिकार प्रयोग गर्दै