पिउन योग्य बनाए बैज्ञानिकहरुले

Tuesday, April 4th, 2017 at 2:03 pm By:News Missile Highlighted News, Science-Tech 1089 Views

sea-water1काठमाडौ । बेलायतका बैज्ञानिकहरुले समुन्द्रको पानीबाट नुनको मात्रा हटाएर पिउन योग्य बनाउने तरिका पत्ता लगाएको दावी गरेका छन ।

समुन्द्रको पानीमा हुने नुनको मात्रालाई हटाउने प्रविधिको विकास गरेको उनीहरुको दावी छ । बेलायतको युनिभर्सिटी अफ म्यानचेस्टरका बैज्ञानिकहरुको समुहले गरेको अनुसन्धानका क्रममा ‘ग्राफिन अक्साईड’ प्रशोधन प्रविधिले पानीमा भएको नुनको अम्लिय मात्रालाई हटाउन अविश्वसनीय तरिकाले काम गरेको उल्लेख गरिएको छ ।

यसअघि यसबारे थुप्रै अनुसन्धान भएपनि सफलता हात परेको थिएन । यो प्रविधिको मद्धतले समुन्द्रको पानीबाट नुनको मात्रा हटाउन सके विश्वभरका लाखौँ मानिस लाभान्वित हुनेछन् ।

यो प्रतिवेदन साईन्स जर्नल ‘नेचर न्यानो टेक्नोलोजी’मा प्रकाशित छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ सम्म विश्वभरको १४ प्रतिशत जनसंख्याले पिउने पानीको संकटको सामना गर्नु पर्ने अनुमान गरिएको छ।

बिश्वमा हाल फोहोर पानीलाई पिउन योग्य बनाउन पोलिमर फिल्टर प्रद्धति प्रयोगमा छ । युनिभर्सिटी अफ म्यानचेस्टरका बैज्ञानिक तथा टिम लिडर राहुल नायरले हाल प्रयोगमा रहेको सिंगल लेयर प्रबिधि ग्राफिनको तुलनामा निकै खर्चिलो भएको बताए ।

उनले पत्ता लगाएको ग्राफिन अक्साईड प्रशोधन बिधिलाई बजारमा उपलब्ध प्रबिधिसँग तुलना गरेर प्रयोगमा ल्याउने बताए।

Agency

Related Post

‘एडी क्याब’ ले ल्यायो ट्याक्सी चढ्ने सजिलो उपाय
जैविक प्रविधि राष्ट्रिय सम्मेलन शुरु
वर्षभरिकै लामो दिन आज, भोलिबाट रात लम्बिएर जाने
उत्तरको प्रक्षेपण, विश्वलाई चुनौति