मन्त्री पत्नी तथा गायिका राईलाई बधाइको ओइरो

Saturday, March 18th, 2017 at 5:00 pm By:News Missile Life & Style 9683 Views

menuka raiकाठमाडौ । प्रभावशाली पार्टी राप्रपाका धादिङे युवानेताका रुपमा छानिएका परशुराम तामाङ यतिखेर नेपालका संस्कृति, पर्यटन तथा नागरिक उद्ययन राज्यमन्त्री बनेका छन् ।

यसैपनि चर्चित गायिका मेनुका राई त्यसमाथि नवनियुक्त राज्यमन्त्री तामाङको पत्नी हुन् । अहिले मन्त्रीको पत्नी अथवा चर्चित गायिका राईलाई भ्याइनभ्याई छ ।

गायिका राईलाई दुबै हातमा लड्डू भने झै राज्यमन्त्री नियुक्त भएको अघिल्लो हप्तावाट अहिलेसम्म बधाईको ओइरो लाग्नेक्रम नै रोकिएको छैन ।

आफ्नो प्राण भन्दा प्यारो (आधा मुटु) श्रीमान मन्त्री बनेपछि मन्त्री पत्नीको हैसियत पनि बनाएकी गायिका राईलाई नयाँ अनुभव संगाल्ने सुवर्ण अवसर मिलेको छ ।

menuka rai1अब गायिका राईलाई श्रीमानको प्यारमाथि मन्त्रीको प्यार थपिएको छ, अनि दर्शक तथा श्रोताको प्यार, समाजको प्यार अझ प्यार माथि प्यार बढ्दो र आकासिंदो छ ।

यतिखेर घरभित्र होस या घरबाहिर कहीँ कतै जाँदा नि मन्त्राणी ज्यू भनेर सम्बोधन पाउँदा त झन खुबै गजब लागेको अथवा यस्तो सम्मान पाएकोमा आफूलाई अत्यन्तै गौरवान्वित महसुस भएको बताइन्।

आफ्नो गायनकलामा श्रीमानको अतुलनीय साथ सहयोग र प्रेरणाले चर्चित गायिकाको स्थान ओगट्न सफल भएको बताउँछिन गायिका राई ।

गायिका राईले भनिन्ः “श्रीमान र आफ्नो सम्मान भन्दा पनि मन्त्री पावरको सम्मान पाएको हो, स्वभाविक प्रकृया हो, यसलाई सहज रुपमा नै स्वीकारेकी छु” ।

वर्षौवर्षदेखि त्याग तपस्याबाट नेपाली राजनीतिमा होम्मिएका श्रीमान मन्त्री बनेको हेर्न पाउंदा आफूलाई खुशीको नयाँ शीराहरु नै फुुटेको बताइन् ।


Related Post

MASCULINE VS FEMININE MORALITY
What is Advertising?
Wai Wai Teen Hero
बलिउड स्टारका खान्कीमा रोचक तौर तरिकाहरु
हरिराम र लिलाको मन्दिरमै वास